इन्द्रेणी संवाददाता
दाङ, १२ साउन । जिल्ला प्रशासन कार्यालय दाङ कार्यसम्पादनमा देशकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७६÷७७ को वर्षभरको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय दाङलाई मुलुककै उत्कृष्ट भएको हो ।
वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दाङले A+ ग्रेड प्राप्त गरेर उत्कृष्ट भएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।











