काठमाडौँ, ११ साउन। सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतका प्रधानन्यायाधीशले दिएको फैसला पुनरावलोकन हुने भएको छ ।
सर्वोच्चका न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो । योसँगै सो मुद्दा अब अदालतमा पुनः विचाराधीन हुन पुगेको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको मुद्दाको पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको सजाय कटौती गर्ने फैसला गरेको थियो ।











