काठमाडौँ, ११ साउन। पूर्वडीआईजी रञ्जन कोइरालाको फैसलामा पुनरावलोकन निवेदनको सुनुवाईका लागि तीन न्यायाधीशको बेन्च (पूर्णइजलाश) तोकिएको छ ।

20200723_135737कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले तीन न्यायाधीशको बेन्च तोकिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार यो मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

तोकिएका बेन्चले उक्त मुद्दामा प्रमाणहरूको अध्ययन गरी पुनरावलोकन हुने नहुने निस्सा दिने छ । पुनारावलोकन हुने भएमा मात्र मुद्दा अगाडि बढ्छ ।

असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको कैद ११ वर्ष ६ महिना घटाएर ८ वर्ष ६ महिना मात्रै कैद फैसला सुनाएपछि उनी छुटेका थिए । उनी आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा जेल परेका थिए ।