सल्यान, ८ साउन । हरेक नागरिकको जैविक तथा वैयत्तिक विवरण भरेर सुरक्षित गर्ने उद्देश्यले संकलन शुरु गरिएको राष्ट्रिय परिचयपत्र संकलन आवेदनमा सल्यानमा ५ हजार ५९८ जनाले आवेदन दिएका छन् ।

matadata

photo file

गएको असार मसान्तसम्ममा २ हजार ९५३ जना पुरुष र २ हजार ६४५ जना महिलाले उक्त आवेदन दिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
जानकारी दिएको छ ।

हरेक नागरिकको जैविक तथा वैयत्तिक विवरण भरेर सुरक्षित गर्ने उद्देश्यले गत साउन ७ गतेदेखि राष्ट्रिय परिचयपत्रको आवेदन संकलन कार्य शुरू गरिएको थियो । यस अवधिमा सबैभन्दा धेरै शारदा नगरपालिकाका ३ हजार ५७६ जना र सबैभन्दा कम कालीमाटी गाउँपालिकाका १४८ जनाले परिचयपत्रका लागि आवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए ।