इन्द्रेणी संवाददाता

वीरगञ्ज, ८ साउन । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा दुुई जना चिकित्सक र ३ विरामीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koroसंक्रमित हुनेहरुमा दुई जना फिजिसियन चिकित्सक, र्सिया सुख्खा बन्दरगाहाका दुई जना कर्मचारी र १ जना ट्रक चालक रहेका छन् । त्यस्तै एक जना विधार्थी पनि रहेका छन् ।

त्यस्तैगरी एडभान्स अस्पतालका उपचाररत ३ जना बिरामी र बीरगञ्ज वडा न १ छपकैयाका १ जना, वडा न ११ का १ जना, राधेमाइ का १ जना, पटेर्वा सुगौली गाँपाका १ जनालगायत रहेको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले बताए ।