इन्द्रेणी संवाददाता
दाङ, ७ साउन । प्रतिनिधि सभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराले पूर्व सांसद बर्मन बुढा मगरको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
महराले आज एक वक्तव्यमार्फत कम्युनिष्ट नेता समेत रहेका पूर्व सांदर बुढाको आज विहान साढे ४ बजेको समयमा पाटन अस्पतालमा उपचारको क्रममा निधन भएकोमा आफू अत्यन्त दुखी भएको बताएका छन् ।
बुढा २०४८ सालमा रोल्पा १ बाट निर्वाचित सांसद हुन् । उनी एउटा कम्युष्टि आदर्श तथा अडिक र निडर व्यक्ति भएको उल्लेख गर्दै महराले मृतक आत्मको चिस शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
