दाङ, ७ साउन । दाङमा ‘टिमुर वर्ष अभियान’ अन्तर्गत ५२ हजार टिमुरका बिरुवा रोपिएको छ । स्थानीयलाई आर्थिक आयआर्जनसँग जोड्दै जीवनस्तर सुधार गर्ने उद्देश्यले जिल्लाको पहाडी क्षेत्रमा उक्त संख्यामा टिमुरका हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।

timurयस वर्ष करीब १ लाख टिमुरका बिरुवा रोप्ने लक्ष्य लिए अनुसार अहिलेसम्म आधाभन्दा बढी रोपिसकेको ज्ञवालीले बताए । जिल्लाको बंगलाचुली गाउँपालिका, तुलसीपुरको छिल्लीकोट र घोराही उपमहानगरको सैघाका सामुदायिक वन र व्यक्तिका बारीमा टिमुरका बिरुवा रोपिएको हो ।

घोराही उपमहानगरपालिको वडा नं १९ राम्चेको मदन आश्रित सामुदायिक वन क्षेत्रमा २ हजार ३ सय टिमुरका बिरुवा रोपिएको ज्ञवालीले बताए । वन समूहका उपभोक्ताहरूको सक्रियतामा २३ सय टिमुर तथा ७ सय वटा मालागेडी र दालचिनीका बिरुवा रोपिएको छ ।

जिल्लाको पहाडी भेग बंगलाचुली गाउँपालिकाका विभिन्न क्षेत्र, घोराही उपमहानगरपालिकाका वडा नं। १८ र १९, तुलसीपुर उपमहानगरपालिकाका वडा नं। ३ र १९ लाई टिमुर र सुगन्धकोकिला ९मालागेडी०को पकेट क्षेत्र तोकिएको छ । यस वर्षलाई टिमुर वर्षकै रूपमा मनाइने प्रमुख ज्ञवालीले बताए ।