काठमाडौँ, ७ साउन । त्रिभुवन विश्वविद्यालय मातहतका सबै क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् ।

TUकोरोना संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने त्रिविले जनाएको छ ।

साथै विश्वविद्यालयले कोरोनाका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले बताए ।
विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका अध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ ।

क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई बोलाएको हो ।