बशन्त घर्ती मगर
दाङ, २७ असार
नेपाल मगर पत्रकार संघ दाङले युवा बैज्ञानिक मार्शल रोका मगर र महिला उद्यमी प्रेमकुमारी पुनलाइ सम्मान गर्ने भएको छ । आज घोराहीमा वसेको संघको वैठकले विभिन्न यन्त्रहरुको आविष्कार गरी विज्ञान र प्रविधिमा योगदान पु¥याएका युवा बैज्ञानिक रोका र सफल उद्यम सञ्चालन गरी व्यवसायिक क्षेत्रमा टेवा पु¥याएको भन्दै पुनलाइ सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाल मगर पत्रकार संघ दाङका अध्यक्ष रेखा मगरको अध्यक्षता तथा संघका केन्द्रिय सदस्य पे्रम राम्जा मगरको विशेष उपस्थतीमा वेठक सम्पन्न भएको हो । साथै वैठकले संघको पहिलो जिल्ला सम्मेलन आगामी साउन ८ गते शनिवार घोराहीमा गर्ने निर्णय गरेको छ ।
सम्मेलनले नयाा नेतृत्व चयन गर्नेछ । सम्मेलन सफल पार्नका लागी विभिन्न उपसमितिहरु गठन गरिएको वैठकपछि सचिव शान्तकुमार वुढा मगरले जानकारी दिनुभयो । जसअन्तर्गत अध्यक्ष रेखा मगरको संयोजकत्वमा सम्मेलन मुल आयोजक समिति गठन गरेको छ ।
जस्को सदस्यहरुमा बिमला घर्ति र वशन्त घर्ती रहनुभएको छ । यसैगरी सचिव शान्त कुमार वुढा मगरको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । जस्को सदस्यहरुमा हिरासिंह राना मगर, मञ्जु रोका मगर, मनु मगर र इरादा घर्ती झाँक्री मगर रहनुभएको छ ।।
