इन्द्रेणी संवादाता
दाङ, २७ असार
जिल्ला जनसंख्या समन्वय समितिको दाङको आयोजना तथा नेपाल परिबार नियोजन संघ, ओरेक लगायतका संघसंस्थाको संयोजनमा भएको २७ औ बिश्व जनसंख्या दिबसको अबसरमा सरोकारवालाहरुले किशोरीहरुमा लगानी बढाउने प्रतिबद्घता जनाएका छन् । kisori

जनसंख्या दिबसको अबसरमा किशोरीहरुसंग अन्तक्र्रिया कार्यक्रमका अध्यक्ष समेत रहनुभएका स्थानीय बिकास अधिकारी रमेश गौतमले जिल्ला बिकास समितिले किशोरीको सुखद भबिश्यका लागि लगानी बढाउन तयार भएको बताउदै लगानीका क्षेत्र पहिचान गरेर सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

अन्तक्र्रिया कार्यक्रममा ओरेकले प्रबर्धन गरेको किशोरी समुहकी किशोरी मिना योगीले बाल बिबाहका कारण किशोरीले बढी समस्या भोग्नु परेको भन्दै किशारी समुहहरुले थालेको बाल बिबाह न्युनीकरण, मदिरा नियन्त्रण, लागु औषध नियन्त्रण, किशोरी माथि गरिने दुब्र्यबहार रोक्न  सबै निकायले सहयोग गर्न आग्रह गर्नुभयो ।

जिल्ला जनसंख्या समन्वय समितिका सदस्य सचिब जिल्ला जनस्वास्थ्य प्रमुख डा भुवन पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जनसंख्या अध्ययन बिषयका उप प्राध्यापक सुदर्शन रिजालले सुखद भबिश्यका लागि किशोरीमा लगानी गर्नुपर्ने क्षेत्रहरुका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा युएनएफपीएका क्षेत्रीय संयोजक राम थापाले नेपालका ग्रामीण क्षेत्रमा रहेका धेरै किशोरीहरुले बाल बिबाह तथा शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै नेपाल सरकार लगायत स्थानीय सरकार तथा संघसंस्थाले किशोरीका समस्यामा लगानी बढाएर उनीहरुको सुखद भबिश्यका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्तममा जिबिसको सहयोगमा सञ्चार चौतारीले तयार गरेका बाल बिबाह न्युनिकरणका लागि सचेतनामुलक डकुमेन्ट्रीको पहिलो सार्बजनिक प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन जिबिसका सुचना अधिकृत कृष्ण केसीले गर्नुभएको थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय, ओरेक तथा नेपाल परिबार नियोजन संघले प्रबर्धन गरेका किशोरी समुहहरु, राजनीतिक दल, जिल्ला जनसंख्या समन्वय समितिमा सदस्यहरु तथा जनसंख्या क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।