इन्द्रेणी संवाददाता
दाङ, २७ असार
उमावि डाँडागाउँ गोग्लीका विद्यार्थीहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । घोराही नगरपालिका र लक्ष्मीपुर गाविसका विद्यार्थीहरु सडक र कल्भटको व्यवस्था नहुदा वर्षाको समयमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । सडक कच्ची हुँदा हिलोमा लडिने र खोलामा पुल र कुलाहरुमा कल्भट नहुँदा विद्यार्थीहरुलाई समयमै विद्यालय पुग्न समस्या भएको हो । chure

हिउँदको समयमा सजिलै विद्यालय पुग्ने भएपनि वर्षाको समयमा विद्यालय पुग्न जोखिम मोल्नुपर्ने विद्यार्थी अस्मिता बुढामगरले बताउनुभयो । लक्ष्मिपुर ४ डाडागाउँ, बसन्तपुर, चुक्लियटा, घोराहि ४ भैसाही, बेलभार लगाएतका गाउँका बिद्याथिहरुलाई समस्या भएको हो ।

बर्षामा पढ्न नजादा पढाई छुढ्ने र पढ्न जादा कुलाले बगाउ छ कि भन्ने चिन्ता बिद्यार्थिहरुमा छ । सम्बन्धित निकाय र सरोकारवालाहरुले ध्यान नदिदा असारदेखि भदौसम्म त्याहाका स्थानियहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।।