दाङ, २७ असार
दाङको गरिबी घटाउन ४ करोड लगानी गरिदै छ । जिल्लाका गाविसमा रहेका स्थानीयहरुको गरिवी घटाउन घुम्ती कोषमार्फत् उक्त रकम खर्च गरिन लागिएको हो । जिल्लाका १४ वटा गाविसका १ सय ९ वटा समूहमा उक्त रकम परिचालन गरिने भएको छ । kisan1

अति गरिबीको रेखामुनि रहेका ३ हजार १ सय घरधुरीका नागरिकहरुको गरिबी घटाइने छ । जिल्लाका पञ्चकुले, श्रीगाउँ, पुरन्धारा, बाघमारे, सैघा, हासिपुर, सौडियार, लक्ष्मीपुर, सतबरिया, बेला, राजपुर, गोवरडिहा, गंगापरस्पुर गाविसमा जनउत्थान समाज विकास केन्द्र उक्त रकम परिचालनमा ल्याउने छ ।

गरिबि निबारण कार्यक्रमका जिल्ला प्रबन्धक किरण केसिले सरकारले गरिबहरुलाई लक्षित गरेर यस प्रकारको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाले १२ महिना खान नपुग्नेहरुकालागि लक्षित गरि यस प्रकारको कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।
समुह निर्माण गर्दा नै त्यस प्रकारका सदुदायलाई मात्रै समाबेश गराएर समुह निमार्ण गराउने उहाको भनाई छ । प्रबन्धक केसीका अनुसार समुहमा परिचालन गरिने घुम्ति कोषमा गरिबी निबारण कोषको ९० प्रतिशत र नागरिकको १० पतिशत लगानि हुनेछ । जसकालागि समुहमा २ चरणमागरि पैसा पठाउने काम भएको छ ।।