दाङ २७ असार एपेन्डिसाईडको अप्रेसनपछि मृत्यु भएका दाङको घोराही ६ गिठेपानी निबासी राम बहादुर रोकाका आफन्तलाई १० लाख रुपैयाँ क्षति पुर्ति दिने सहमति भएको छ ।
गोर्खा पब्लिक हस्पिटल प्रालिमा अप्रेसन भए लगतै मृत्यु भएपछि अस्पताले पीडित परिवारलाई १० लाख राहत दिने सहमति भएको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभयो । राहत साथै अस्पतालले पीडित परिवारको निशुल्क औषधी उपचार गरिदिने सहमति भएपछि आफन्तले शब पनि बुझेका छन् ।
रोकाको हिजो बेलुका साढे ६ बजेतिर एपेन्डिसाईडको अप्रेसन भएको थियो । तर अप्रेसनको ५ घन्टा पछि राति साढे ११ बजेतिर रोकाको हस्पिटलमै मृत्यु भएको थियो । एसपी सिंहका अनुसार चिकित्सकको लापरवाहीले गर्दा रोकाको मृत्यु भएको भन्दै आफन्तले शव बुझन् मानेका थिएनन ।