काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटीको बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ ।
आगामी बैठक साउन २ गते ११ बजे बस्ने तय भएको नेकपाले जनाएको छ । पार्टीभित्रको विवाद सामाधान गर्न भन्दै पटक पटक बैठक स्थगित हुँदै आएको थियो ।











