म्याग्दी, २६ असार । अविरल वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् ।

badiबिहीबार रातिदेखि परेको अविरल वर्षातका कारण आएको बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

त्यस्तै धवलागिरी–६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका प्रजिअ ढकालले बताए ।

कास्कीमा पहिरोमा परी मर्नेको संख्या सात पुग्यो
त्यसैगरी कास्कीमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।