पोखरा, २६ असार । कास्कीमा पहिरोले घर पुरिंदा चार जनाको ज्यान गएको छ । पोखरामा ३ र हेम्जामा १ जनाको ज्यान गएको हो ।

landslideपोखरा महानगरपालिका १८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । केही सम्पर्कबिहीन भएका प्रहरीले जनाएको छ ।

बिहान ३ बजेतिर पहिरो जाँदा ३ जनाको ज्यान गएको कास्कीका डीएसपी सुबास हमालले बताए । यो समाचार तयार पार्दासम्म उनीहरुको परिचय भने खुलेको छैन ।