काठमाडौं, १६ असार । सोमबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार दुई सय ४८ पुगेको छ । ९ माघमा पहिलो कोरोना संक्रमित पुष्टि भएपछि पूरा दुई महिनापछि मात्रै दोस्रो संक्रमित थपिएकोमा त्यसयता निरन्तर संक्रमित बढिरहेका छन् ।

gagaकुल १३ हजार दुई सय ४८ मध्ये १२ हजार तीन सय ६३ संक्रमित पछिल्लो एक महिनामा थपिएका हुन् । अर्थात् कुल संक्रमितमध्ये ९३।३१ प्रतिशत संख्या १५ जेठदेखि १५ असारसम्मको अवधिमा मात्रै थपिएका हुन् । १४ जेठसम्म आठ सय ८५ संक्रमित मात्रै थिए । नयाँ पत्रिकाबाट