चितवन, १३ असार । कोरोना पोजिटिभ देखिएका एक जना पुरुषको आज चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका(७ का ५० वर्षीय पुरुषको बिहान ७ बजे भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हो ।

deathwwती व्यक्ति फोक्सोको क्यान्सरका बिरामी भएको भरतपुर अस्पतालका सूचना अधिकृत लिलाधर पौडेलले बताएका छन् । यसअघि नेपालमा २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।