इन्द्रेणी संवाददाता
दाङ, १३ असार । दाङमा हालसम्म १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
यसअघि १२ जनामा कोरोना संक्रमण देखिसकेकोमा शुक्रवार मात्रै ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना डाक्टर दुई अहेवसहित शुक्रवार ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि राप्ती स्वासथ्य विज्ञान पतिष्ठानका ७ जनामा कोरोना संक्रमण देखिएको थिषे भने घोराही उपमहानगरपालिकाका ५, गढवाका २, राजपुरका १ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।
यसैबीच दाङमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या ४५५ पुगेको छ । शुक्रवार जिल्लाका ७५ जनामा कोरोना पुष्टि भएसँगै संख्या ४५५ पुगेको हो ।











