स्याङ्जा, ११ असार । स्याङजामा एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका स्याङजा आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको मृत्यु भएको हो ।

deathwwअसार ८ गते अस्पताल भर्ना भएका ५५ वर्षका पुरुषको गएराति मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तीमार्फत जानकारी दिएको छ । ती व्यक्ति कोरोना संक्रमणसँगै सिभियर निमोनिया, मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमणबाट यसअघि नेपालमा २४ जनको ज्यान गइसकेको छ ।