काठमाडौँ, १० असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको १०७२८ पुगेको छ । बुधवार मात्रै थप ११४ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कुल डिस्चार्ज हुनेको सङ्ख्या २३३८ पुगेको छ ।











