इन्द्रेणी संवाददाता
असार १०, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रू. २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ ।
बुधवार बजेट सार्वजनिक गर्दै उपमेयर माया आचार्यले आगामी आर्थिक वर्षका लागि चालुर्फ ६६ करोड २० लाख ६४ हजार र पूँजीगततर्फ रू. १ अर्ब ६८ करोड ४७ लाख बजेट विनियोजन गरिएको बजानकारी दिइन् ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा विकासतर्फको अर्थात पूँजीगत बजेट कूल बजेटको ७२ प्रतिशत र चालुतर्फ २८ प्रतिशत बजेट विनियोजन गरेको छ ।
यसपटक पनि उपमहानगरपालिकाले विकास निर्माणका काम, कृषि, स्वास्थ्य रोजगार, शिक्षालगायतका क्षेत्रलाई प्रमुख प्राथमिकता राखेको उपमेयर आचार्यले बताइन् ।
चालु आर्थिक वर्ष २०७६/०७७ मा तुलसीपुर उपमहानगरपालिकाले रू. १ अर्ब ७१ करोड ८८ लाख ६ हजार मात्रै बजेट बिनियोजन गरेको थियो ।











