इन्द्रेणी संवाददाता
दाङ, १० असार । दाङमा आज एकैदिन थप ७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा थप ७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
आज कोरोना पुष्टि भएका संक्रमितहरुमध्ये ४२ जना बंगलाचुली गाउँपालिका र ३४ जना घोराही उपमहानगरपालिकाका रहेका प्रतिष्ठानले बताएको छ ।
बंगलाचुली गाउँपालिका वडा नं. २ बाट संकलन गरिएको ८४ जनाको स्वाबमध्ये ४९ जनाको परीक्षण गर्दा ४२ जनाको पोजेटिभ आएको हो । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १ का १२ जना, वडा नं. ४ का २ जना, वडा नं. ५ का ४ जना र वडा नं. १५ का २४ जना रहेका छन् । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।
यसैबीच बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएिको स्वाब परीक्षणमा प्यूठानका १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मल्लारानी गाउँपालिकाका वडा नं. १ का एक, वडा नं. ३ का २ जना, झिम्रुक १ का ४ जना र माण्डवी गाउँपालिकाका ६ जना रहेका छन् ।











