इन्द्रेणी संवाददाता
दाङ, ९ असार । दाङमा आज मंगलवार थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

koroराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । मंगलवार कोरोना पुष्टि भएका संक्रमितहरुमध्ये १८ जना बंगलाचुली गाउँपालिका र एक जना लमही नगरपालिकाका रहेका प्रतिष्ठानले बताएको छ ।

बंगलाचुली गाउँपालिकाको मुलाबारी भेडाबारीको क्वारेन्टाइनमा बसेका १ सय ३४ जनामध्ये ४५ जनाको स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

जसअनुसार बंगलाचुली गाउँपालिका वडा नंं ४ का ८ जना, वडा नंं ४ र ५का २÷२ जना, वडा नंं ८ का ५ जना, वडा नंं १० का १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै लमही नगरपालिका ६ का १७ वर्षका एक जना कोरोना संक्रमण देखिएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । जिल्लामा ९३ जना निको भएर घर फर्किएका छन् ।