काठमाडौँ, ९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

koronaaयोसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको १००९९ पुगेको छ । यस्तै थप ७६ जना निको भएर डिस्चार्ज भएका छन् । मगंलबार मात्रै ८ महिला र ६८ पुरुष डिस्चार्ज भएका हुन्। सँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २२२४ पुगेको छ ।