केशरमान बुढाथोकी

दाङ,२१ जेठ । पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले दाङका विभिन्न योजनाहरु अनुगमन गरेका छन् ।

प्रतिनिधि सभा सदस्यहरुलाई प्रदान गरिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत आफ्नो निर्वाचन क्षेत्रमा आफुले विनियोजन गरेको बजेटबाट निर्माण भइरहेका विभिन्न विकास निर्माण योजनाहरुको पूर्व सभामुख महराले अनुगमन गरेका हुन् ।

101507607_957369401366726_3482061116513714176_n

जस अन्तर्गत घोराही १० नारायणपुरमा सडक , हापुर बिजौरीमा खेलकुद मैदान निर्माण , घोराही १४ नयाँबजारमा सहरी स्वास्थ्य किल्निकको भबन निर्माण, घोराहीको नेत्र–गुम्राहा स्मृति भवनको सभाल अनुगमन गरेका हुन् ।

82908619_254697185962123_1544637773430915072_n

त्यस्तै महराले घोराही १७ को एकान्त टोल र महरा टोलमा भइरहेको सडक कालोपत्रेको र  नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्माणाधिन सभाहल समेत अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा पूर्व सभामुख महराले विभिन्न आयोजनाका निर्माण उपभोक्ता समितिलाई लकडाउनका कारण आयोजना निर्माणमा व्याबधान उत्पन्न भएपनि समयमै काम सम्पन्न गर्न अनुरोध गरेको महराका स्वकीय सचिव प्रमोद शर्माले जानकारी दिए  ।