इन्द्रेणी संवाददाता
काठमाडौं, २२ जेठ । नेपालमा आज सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विहीबार ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronaaसङ्क्रमित हुनेमा पुरुष दुईहजार ४५०, र महिला १८४ रहेका छन् । देशभर २१ वटा स्थानमा रहेका प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमा पर्सा १, झापा ५, ताप्लेजुग १, मोरङ २, सप्तरी १३, बारा १२, सिन्धुली १, रौतहट ३५, म्याग्दी १, बाग्लुङ १०, पर्वत ४, स्याङ्जा १, डोटी ३, बाँके ४२, कपिलबस्तु २५, दाङ १५ जनामा संक्रमणको पुष्टि भएको छ ।

त्यसैगरी मुगु १, सुर्खेत २७, दैलेख ११४, खोटाङ ५, धुनषा ६, महोत्तरी ३ र सर्लाही ३ जनामा सङ्क्रमण भएको छ । २९० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।