इन्द्रेणी संवाददाता
दाङ , २१ जेठ । कोरोना भाइरसको महामारीले देशलाई आक्रान्त बनाइरहेका बेला पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा स्वास्थ्य सामग्री बोकेर आफ्नो निर्वाचन क्षेत्र आएका छन् ।

पछिल्लो समय दाङमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरोना भाइरस संक्रमणको समाचार सम्प्रेसनमा अग्रपंतिमा रहने संचारकर्मीलाई पूर्व सभामुख महराले १३ सय थान माक्स हस्तान्तरण गरेका हुन ।

पूर्व सभामुख महराले नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम र दाङ शाखा अध्यक्ष सविन प्रियासन मार्फत सञ्चारकर्मीहरुलाई एक हजार तीन सय थान मास्क हस्तान्तरण गरेका हुन् ।

पूर्व सभामुख महराले प्रदान गरेका उक्त मास्क घोराही, तुलसीपुर र लमही क्षेत्रका सञ्चारकर्मीलाई प्रदान गरिने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले जानकारी दिए ।