काठमाडौँ, १२ जेठ । इस्लाम समुदायको महान पर्व इदुल फित्र आज मनाइदैछ । यो समुदायले आज घरमै नमाज पढेर यो पर्व मनाउदैछन् ।
मुस्लिम आयोगले पनि अहिले विश्व कोरोना महामारीबाट आक्रान्त रहेको र नेपाल पनि अछुतो नभएको भन्दै घरमै वसेर नमाज पढ्न आग्रह गरेको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन पर्वहरुले प्रेरित गर्ने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिदै जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा पर्वहरुले टेवा पुर्याउने विश्वाससमेत व्यक्त गरेकी हुन् ।











