इन्द्रेणी संवाददाता
पछिल्लो समय नेपालको राष्ट्रियताका सवालमा अभिव्यक्ति दिए बापत नेपालली जनमानसहरुको उच्च प्रसंसा पाएकी नेपालकी चेली मनिषा कोइरालाको सम्मानमा एक किशोरीले स्केज तयार पारेकी छिन ।
नेपालमा जन्मिएर भारतलाई कर्मथलो बनाइ भारतीय फिल्मी क्षेत्रमा जमेकी कोइरालाले भारतले मिचेको नेपालको लिपुलेख र लिम्पियाधुरा तिरको भुभाग नेपालको भएको र नेपालको स्वाभिमान माथी हमला नगर्न भारतलाई सुझाएर आफ्नो अभिव्यक्ति दिएकी थिइन ।
कोइरालाको उक्त अभिव्यक्ति पछी आम स्वाभिमानी नेपालीको उच्च समर्थन पाएर रातारात नेपालीको मन मस्तिस्कमा बस्न सफल कोइरालाको सम्मानमा दाङ घोराही निवासी १६ बर्षिया प्रतिभाले स्केज तयार गरेकी हुन् ।
भारतीयले नेपालीको सिमानामा दैनिक जसो हस्तक्षप गर्दा आफ्नो हृदय पोल्ने गरेको बताउदै ती भारतीयको ज्यादतीका बिरुद्द बोल्ने कोइराला वास्तविक स्वाभिमानी नेपाली भएको घिमिरेको तर्क छ ।
.











