इन्द्रेणी संवाददाता
काठमाडौं, १७ बैशाख । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोनो संक्रमणको पुष्टि भएको छ ।

eeeसंक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज(२ छपकैयाका ४६ वर्षका पुरुष रहेको बताइएको छ  । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

आज बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएपछि अब नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।