इन्द्रेणी संवाददाता
दाङ, १७ बैशाख । पूर्वसभामुख कृष्णबहादुर महराले विश्व कोरोना संक्रमणको महामारीबाट प्रभावित भइरहेका वेला सबै राजनीतिक दलहरुलाई एकता, सम्वाद, सहमति र सहकार्यबाट अघि बढ्न अपिल गरेका छन् ।

Krishna bdr maharaआज बुधवार उनले एक प्रेस वक्तव्य जारी गर्दै कोरोना संक्रमणबाट नेपाल पनि अछुतो नरहेकाले यो महामारी विरुद्ध एकतावद्ध भएर लड्ने समयमा सरकार सञ्चालन गर्दै आएको दल नेकपाभित्र विवाद देखिनु राम्रो नभएको बताएका छन् ।

‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्’ वक्तव्यमा भनिएको छ, ‘यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन । दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपिल गर्दछु ।’

PPr