दाङ, १७ बैशाख । तुलसीपुरका व्यवसायी तथा समाजसेवी दुर्गाबहादुर वलीले जन्मदिनको अवसरमा पैदल यात्रुका लागि तुलसीपुर उद्योग बाणिज्य संघले संचालन गरेको भान्सा घरलाई आर्थिक सहयोग गरेका छन् ।
वलीले आफ्नो ५१औँ जन्मोत्सवको अवसरमा लक डाउनका कारण पैदल यात्रा गरिरहेका यात्रुलाई खाना खुवाउन उद्योग बाणिज्य संघले संचालन गरेको भान्सा घरलाई १२ हजार ५ सय २५ रुपैँया सहयोग गरेका हुन् । रकम उहाँले एक समारोहकाबीच तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावतलाई हस्तान्तरण गरेका छन् ।











