इन्द्रेणी संवादाता
सल्यान, २६ असार
सल्यानका तीन दर्जन विद्यालयका विद्यार्थीहरू खुल्ला आकाश मुनि पढ्न बाध्य भएका छन् । गएको चैत्र महिना देखी जेठ महिनाको अन्त्य सम्म आएको हावाहुरीले जिल्लाका करिब तीन दर्जन बिद्यालयको छाना उडाएपछि हजारौँ विद्यार्थीहरू आकाशमुनि पढ्न बाध्य भएका हुन् ।
जिल्लाका करिब ३३ भन्दा बढि विद्यालयको छाना हावाले उडाएको छ । गर्मी यामको समयमा छाना हावाले उडाएको र हाल सम्म पनि सम्बन्धित निकायले विद्यालय मर्मत गर्न नसके पछि नियमित सञ्चालन हुनु पर्ने विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।
महेन्द्र उच्च माध्यमिक विद्यालय जिमालीका प्राचार्य चक्र बहादुर खत्रीका अनुसार विद्यालयको चारवटा भवन मध्ये २ भवनको छाना उडाएको छ ।।
