इन्द्रेणी संवाददाता
देउखुरी, २६ असार ।
विद्युतको कम भोल्टेजका कारण समस्यामा पर्दै आएका लमही नगरपालीका ११ वयलडाँडाका स्थानीयले विद्युत कार्यालय घेराउ गरेका छन् । आज स्थानीय ६० जना ब्यक्तिले कम भोल्टेजका कारण आफुहरु डेढ वर्ष देखी मर्कामा परेको भन्दै तत्काल समस्या समाधानको माग गरेका छन । electricty.jpg
उनीहरुले दिप ज्योती विद्युत उत्पादन तथा वितरण प्रालिको कार्यालय घेराउ गरेका हुन् । कम भोल्टेजका कारण वत्ति समेत नवोल्ने, पङ्खा नचल्ने जस्ता समस्याका कारण डेढ वर्ष देखी समस्यामा पर्दै आएको स्थानीय कृष्ण कुमार शाहले वताउनु भयो ।

विद्युत कार्यालय घेराउ गर्न पुगेका स्थानीय र विद्युत कार्यालय विच भएको छलफल पश्चात कार्यालयले कम भोल्टेजको समस्या समाधान गर्न एक महिना भित्र विद्युत ट्रान्सफर्म जडान गर्ने आश्वासन दिएको छ । कार्यालयको आश्वासनपछि स्थानीयहरु फर्कीएका थिए ।।