इन्द्रेणी संवाददाता
घोराही, २६ असार
गणित शिक्षा परिषद दाङको चौथौ जिल्ला अधिवेशनले लोक वहादुर वस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । घोराहीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रकाश कुमार गौतम, सचिवमा विष्णु प्रसाद शर्मा, सहसचिवमा यज्ञ प्रसाद रिजाल र कोषाध्यक्षमा हिरालाल न्यौपानेलाइ चयन गरेको हो । feature

यसैगरी सदस्यहरुमा आत्मराम पाण्डे, टुकाराम पौडेल, केशर वहादुर गौतम, टुक कुमारी रावत, विष्णु प्रसाद पार्धे र अमृत श्रेष्ठ रहनुभएको छ । यसैविच, नव गठित जिल्ला कार्य समितिको वैठकले ७ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ ।
सल्लाहकार समितिमा हरि प्रसाद गौतम, टोप वहादुर केसी, सतिश कुमार आचार्य, रविन्द्र क्षेत्री, युवराज वस्नेत, उत्तक कुमार खनाल र हिक्मत थापा हुनुहुन्न्छ ।।