काठमाण्डौ, २६ असार
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाब गर्ने निर्णय गरेको छ । आज बसेको त्रिभुवन विश्वविद्यालय सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको हो ।
त्रिवि सभाको बैठकमा विद्यार्थी नेताहरुलाई पनि बोलाइएको थियो । विद्यार्थी सहितको बैठकले स्ववियु चुनाबको मिति तोकेको हो । क्याम्पसहरु विगत आठ वर्षदेखि स्ववियुविहीन हुँदा विद्यार्थीहरु हकहितबाट बञ्चित भएको भन्दै विद्यार्थी संघ संगठनहरुले त्रिभुवन विश्वविद्यालयलाई छिटो चुनाव गराउन दबाव दिँदै आएका थिए ।
स्ववियु चुनावमा उमेर विवाद मिलाउन शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय अवधि दिइएको छ ।।