इन्द्रेणी संवाददाता
दाङ, २६ असार
तुलसीपुर नगरपालीका वडा नम्बर १८, १९ र २० लाई आइतवार पुर्ण खोप यूक्त वडा घोषणा गरीएको छ । स्वास्थ्य चौकि वेल्टाकुरामा एक कार्यक्रमका विच वडालाइ  खोप यूक्त वडा घोषणा गरीएको हो । वडा नम्बर २० का सचिब केशव डागीको अध्यक्षता तथा सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यता एवं नगरपालीकाका समाज कल्याण अधिकृत टोप बहादुर डागी र जिल्ला जन स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर अधिकृत मधुसदन खड्काको विशिष्ठ आतिथ्यमा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
index
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद भण्डारीले स्वास्थ्य चौकीको स्तर बृद्धि गर्न आफुले सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन  । स्वास्थ्य चौकिको आफ्नै जग्गा उपलव्ध भए भौतिक पुर्वाधार सुधारमा आवस्यक आर्थिक सहयोग गर्न पहल गर्ने बताए  । सो अवसरमा स्वास्थ्य चौकिका प्रमुख विष्णु प्रसाद पोख्रेलले तिन वटै वडामा रहेका १२ महीना देखि २३ महीना सम्मका २ सय २१ जना बालबालिकाहरु खोपको पहुचमा भएकोे जानकारी गराएथिए  ।

कार्यक्रममा पुर्ण खोप यूक्त वडा घोषणा गर्न आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नु हुने समाजसेवि तिलक बहादुर बस्नेत , सिड सस्थाका भागिराम चौधरी , महिला अधिकारकर्मि शुस्मा गिरी, वडा नम्बर १८ की सचिब शुसिला शाह , १९ का सचिब केशव डागी र २० का सचिब मान बहादुर रावतलाई सम्मान गरीएको थियो । त्यसै गरी वडाका २२ जना महीला स्वंयमसेविका हरुलाई प्रंसशा पत्र सहित सम्मान गरीएको थियो ।

स्वास्थ्य चौकी संचालन समितिका बरीष्ठ सदस्य तिलकबहादुर बस्नेतको स्वागतमन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ्यचौकिका अहेव द्रोण वलीले गरेकाथिए  । नगरपालीका भित्र रहेका २० वटा वडा मध्ये यस अघि १२ , १३ र १४ लाई पुर्ण खोप यूक्त वडा घोषणा गरीसकिएको छ ।।