रेखा मगर
दाङ, २६ असार
युवा बैज्ञानिक मार्शल रोका आज काठमाण्डौमा सम्मानित हुनुभएको छ । विगत पाँच वर्षदेखि नयाँ÷नयाँ बैज्ञानिक आविष्कार गर्दै आउनुभएका रोकालाइ युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार २०७३ ले सम्मान गरिएको हो । खेर गएका प्लाष्टिक झोलावाट डिजेल उत्पादन गर्ने प्रविधिको विकासमा गरेको मेहनतले विज्ञान र प्रविधिमा क्षेत्रमा योगदान पु¥याएकोमा उच्च मुल्याँकन गर्दै मन्त्रालयले उहाँलाइ सम्मान गरेको हो ।  marsal roka

सृजनशिलता, उत्पादनशिलता र सकारात्मक सोच प्रबाह गरेको भन्दै युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डले युवा वैज्ञानिक रोकालाइ प्रमाणपत्र सहित ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

दाङको घोराही नगरपालिका वडा नं ११ का रोकाले रोकाले खोटो र प्लाष्टिकवाट डिजेल, विजुलीबत्ती बल्ने र उज्यालो भएपछि निभ्ने लगाएत थुप्रै उपकरण निर्माण गरिसक्नुभएको छ ।

रोकालाइ आज काठमाण्डौको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेट सेन्टरको सभाहलमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । युवा बैज्ञानिक रोकाले राज्यले आफुजस्ता युवाहरुको लागी वाटो देखाउने काम गर्न सके अझ वढि हौसला मिल्ने वताउनुभएको छ ।marsal

सो अवसरमा रोका लगाएत अन्य ४५ जना युवाहरु पनि सम्मानित भएका छन । कृषि, व्यवसाय र नयाँ आविष्कारका काम गर्नेहरुलाइ हौसला स्वरुप मन्त्रालयले सम्मान गरेको हो ।।