इन्द्रेणी संवाददाता 

दाङ २६ असार ।  ९१ बर्षीया लालि कवँर । जो आफ्नो खुट्टाले आफै घर देखि बिहिर र भित्र गर्न सक्दिनन् । बाहिर भित्र गर्न उनले आफ्नो छोरा सुकबहादुर कँवरको शाहारा लिन्थिन् । तर कँवर घाँटीको क्यान्सरले हालै मृत्यू भयो । तुलसीपुर नगरपालिका १ राणागाउ निबासी सुकबहादुरको मृत्यू संगै उनको जीवनको शाहारा गुमेको उनी बताउँ छिन् ।

13652808_572870106234254_1614271894_n‘मुजा परेको अनुहारमा आँशुका ढिक्का खसाउँदै उनले भनिन् – म बुढीको शाहारा त्यही छोरा थियो , त्यही छोराले पनि छोडि गयो अब मेरो शाहारा कोही छैन् ।’उनको हेरचाह गर्ने अब कोही छैन् । कुँवरकी ४ बहिनी छोरी सानै छन् र उनीहरु पढनका लागि बिद्यालय जान्छन् । कँवुरकी श्रीमती ज्याला मजदुरी गर्छिन । दिन भर घरमा उनै बुढी आमा एक्लै हुन्छिन् ।

दिउसो मलाई पानी प्यास लागे पनि पानी दिने मान्छे घरमा कोही हुदैन । सम्पति सबै सुक बहादुरको क्यानसर उपचारमा सकिएपछि अब कहाँ बस्ने रु के खाने रु छोरीहरुलाई कसरी पढाउने भन्ने सुक बहादुरकी स्वास्नी लाली कँवरलाई चिन्ताले पिरोलेको छ । उनीहरुको आफ्नै घर छैन र अर्केको घरमा आश्रय लिईरहेका छन् । उनीहरुको आफनै घर निर्माण गर्न सक्ने आर्थिक अबस्था छैन ।