इन्द्रेणी संवाददाता
दाङ, १५ बैशाख । लकडाउनको समयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले सञ्चालन गदै आएको होम डेलिभरी सेवा हाललाई स्थगित गरेको छ ।

photo Dangसंघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले सोमवार एक विज्ञप्ती जारी गरी सेवा हाललाई स्थगित गरिएको जानकारी दिएका छन् ।

घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघको अनुरोध एवं जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा यही बैशाख १६ गते देखि दैनिक रुपमा विहान ११ बजे देखि दिउँसो ३ बजे सम्म अत्यावश्य दैनिक उपभोग्य बस्तुहरुको विक्री वितरणको लागि घोराही उपमहानगरपालिका भित्रका पसलहरु खुल्ने भएकोले संघले सञ्चालन गदै आएको होम डेलिभरी सेवा स्थगित गरिएको बताइएको छ।

wwजटिल परिस्थिति आए पुनः होम डेलिभरी सेवा प्रदान गरिने संघले जनाएको छ । संघले गत चैत्र १८ गतेदेखि होम डेलिभरी सेवा प्रदान गदै आएको थियो ।