इन्द्रेणी संवाददाता
दाङ, १५ बैशाख । घोराहीका अत्यावश्यकीय पसलहरु अब दैनिक विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएका छन् । घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघको आग्रहमा जिल्ला प्रशासन कार्यालय दाङले पहिलेको समयतालिका परिवर्तन गर्दै भोली मंगलवारदेखि दिउँसो पसल खोल्न दिने भएको हो ।

khadeयसअघि जिल्ला प्रशासन कार्यालयले साताको तीन दिन आइतवार, मंगलवार र शुक्रवार विहान ६ बजेदेखि ९ बजेसम्म मात्रै अत्यावश्कीय बस्तुका पसलहरु खोल्न अनुमति दिएको थियो । विहानको समयमा मर्निङवाकको वाहानामा बजारमा बढी भिडभाड हुने गरेको र यसले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै समयतालिका परिवर्तत गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।