काठमाडौं, १५ बैशाख । विश्वभरी कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ६ हजार ९ सयभन्दा बढी पुगेको छ ।
संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार नाघेको छ ।

people-killed-by-the-new-coronavirusसबैभन्दा बढी अमेरिकामा ५५ हजार ४ सय वढीको मृत्यु भएको त भने ९ लाख ८७ हजारभन्दा बढी संक्रमित छन् । त्यहाँ पछिल्लो केही हप्तादेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा अहिलेसम्म कम्तिमा २२ हजार २ सय ७५ जनाको मृत्यु भएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट इटलीमा २६ हजार ६ सय, स्पेनमा २३ हजार २ सय, फ्रान्समा २२ हजार ८ सय, बेलायतमा २० हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८ सय नाघेको छ भने ८ सय ८२ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानमा १३ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् भने २ सय ८१ जनाको मृत्यु भइसकेको छ । नेपालमा भने अहिलेसम्म कसैको ज्यान गएको छैन । हालसम्म नेपालमा ५२ जना संक्रमित छन् भने ती मध्ये १६ जना निको भएर घर फर्किएका छन् । अस्पतालमा उपचार भइरहेकाहरुको स्वाथ्य अवस्था पनि सामान्य रहेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।