काठमाडौं, १२ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले देशका घटनाक्रम बारे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकलम दाहाल र विपक्ष दलका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । ओलीले आज प्रचण्ड र देउवासँग सयुक्त रुपमा मुलुकको वर्तमान अवस्था र घटनाक्रमबारे छलफल गरेका हुन् ।
छलफलमा मुलुकको पछिल्लो परिस्थितिका बारेमा छलफल हुनुका साथै परस्पर समझदारीमा जोड दिइएको ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।
भेटका क्रममा सभापति देउवाले प्रधानमन्त्री समक्ष दुबै अध्यादेश फिर्ता लिनु उचित कदम भएको बताएका थिए । देउवाले कोरोना भाइरसको व्यापक परीक्षण अहिलेको आवश्यकता भएकाले समुदाय स्तरमा व्यापक परीक्षण गर्नपर्ने र स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका आवश्यक सामाग्री यथासिघ्र पु¥याउन पर्नेमा जोड दिएको बताइएको छ ।











