शालिकराम मुसाफिर
लहलौरा, १२ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमारुपमा पालना गर्दै तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा समितिको कार्यालयले स्थापना गरेको वडा स्तरको सामुदायिक होम कोरेन्टाइनमा १२ गते सम्म बस्नेको संख्या २९ पुगेको छ ।
क्वारेन्टाइनमा काड्माण्डौं, पोखरा नुवाकोट लगायतका स्थानबाट आएका ९ जना महिला र २० जना पुरुष रहेको कोरेन्टाइन ब्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र के.सी.ले जानकारी दिए । उनीहरु बैशाख ८ गते देखि ११ गतेसम्ममा आएका हुन् । उनीहरुलाई दुई हप्तासम्म उक्त क्वारेन्टाइनमा राखिने वडा अध्यक्ष भूपबहादुर केसीले बताए ।
उनीहरुको नियमितरुपमा नगर स्वाथ्य क्लिनिक तुलसीपुर १६ ले चेकजाच गरिरहेको स्व्वास्थ्य क्लिनिकका प्रमुख थल बहादुर बुढाथोकीले जानकारी दिए । उक्त क्वारेन्टाइनमा खाद्यान्न तथा अन्य आवश्यक सामाग्री स्थानीय दाताहरुले उपलब्ध गराइरहेका छन् ।











