काठमाडौं, १२ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरीषद्को आजको बैठकबाट सिफारिस भई आएका दुई अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा दुबै अध्यादेश खारेज गरिएको जानकारी दिइएको छ ।
आज बसेको मन्त्रिपरिष बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । गएको सोमवारको मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधान) अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।











