रोल्पा, २६ असार
रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरनाको प्रचार प्रसार तथा विकास गर्ने उद्देश्यले ‘सुनछहरी झरनाको चिनारी’ नामक परिचय पन्ना प्रकाशन गरिएको छ । sunxari

स्यूरी गाविसको सहयोगमा संयुक्त सुनछहरी युवा क्लव स्यूरीले प्रकाशन गरेको परिचय पन्नामा सुनछहरी झरनाको विकासका लागि हालसम्म भएका प्रयास र आगामी योजनाहरु उल्लेख गरिएको छ ।

लिवाङमा आयोजित एक कार्यक्रममा संयुक्त सुनछहरी युवा क्लवका सल्लाहकार हर्क घर्तीले कार्यपत्र प्रस्तुत गर्दै सुनछहरी झरनालाई विकास गर्नको लागि हालसम्म सम्बन्धित निकायले चासो नदिएको उल्लेख गर्नुभयो ।

जिल्लामा पर्यटन क्षेत्रको विकासको नाममा वर्षेनी ५०÷६० लाख बजेट खर्च हुने गरेको भएपनि सुनछहरीको विकासका लागि बजेट नछुट्टाइएको कार्यपत्रमा उल्लेख छ ।

झरनाको विकासका लागि पर्यटन कार्यालय भैरहवाबाट प्राप्त भएको रकमले प्रतिक्षालय मात्र निर्माण भएको छ ।

यसैविच,

libangसुनछहरीको विकासका लागी रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले आफूले सक्ने निकायहरुमा पहल गर्ने प्रतितवद्धता जनाउनुभएको छ ।।