काठमाण्डौ, २६ असार
नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पितृशोक परेको छ । नेता शाक्यका पिता तथा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराका ससुरा तीर्थबहादुर शाक्यको आज निधन भएको हो । वि.सं. १९७८ वैशाख १९ गते काठमाडौंको झोंछेमा जन्मिएका शाक्य मुटु, दम र नशाको रोगबाट पीडित हुनुहुन्थ्यो ।
चार छोरी र तीन छोराका पिता उहाँको जेठ १२ गतेदेखि सीतापाइलास्थित मनमहोन मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । यसैबीच नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मीका पिताो निधनले पार्टीले एक असल अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।
एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले विज्ञप्ती जारी गरी दिवंगत शाक्यप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभइएको छ ।।