जाजरकोट, २६ असार
जिल्ला कृषि विकास कार्यालय जाजरकोटले ६२ हजार ५ सय वर्षे फलफुलका विरुवा वितरण गरेको छ । कार्यालयको वार्षिक कृषि प्रसार कार्यक्रमबाट किसानलाई विभिन्न जातका वर्षे फलफुलका विरुवा वितरण गरेको हो ।
कार्यालयको ढुवानी अनुदानमा रौतहतबाट आँप, अनार, लिच्ची र इलाम, दोलखाबाट अलैची तथा जिल्लाका स्थानीय नर्सरी फार्मबाट कागती सुन्तलाका विरुवा ल्याईएको थियो । जिल्लाको एक नगरपालिका तथा २६ गाउँ विकास समितिमा फलफुल खेतीको राम्रो सम्भावना रहेको छ ।
खलंगा, थालारैकर, सिमा, जगतपिुर, भुर, पुन्मा, खगेनकोट, लहँ, डाडाँगाउँ, कार्कीगाउँ, दशेरा, गर्खाकोट, सुवानाउली, जुगाथापाचौर लगायत गाविसहरुमा विरुवा वितरण भएको अधिकृत रोकायले जानकारी दिनु भयो ।
शत प्रतिशत ढुवानी अनुदान र मुल्यमा ५० प्रतिशत अनुदानमा विरुवा पाएपछि कृषकहरु खुसी भएका छन् । योसंगै जिल्लामा सुन्तला तथा कागतिको ब्यबसायिक बगैँचा स्थापना गर्ने कृषकको संख्यामा पनि बृद्धि भएको कार्यालयले जनाएको छ ।