इन्द्रेणी संवाददाता
तुलसीपुर असार २६
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट सहकारीको रुपमा पुरुस्कृत हुने भएको छ । बहुउद्देश्यीय प्रकृतिको कारोवारमा उत्कृष्ट सेवा पुर्याय वाफत नेपालभरी वाट उत्कृष्ट सहकारीका रुपमा राष्ट्रीय सहकारी बैंकले पुरुस्कृत गर्नको लागी हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थालाई छनौट गरेको हो ।
बैंकले १४ औं स्थापना दिवसको अवसर पारेर सम्मानित तथा पुरस्कृत हुने सहकारी संस्थाहरुको नाम घोषणा गरेको हो । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था सहित १० सहकारी संस्थाहरुलाई बैंकले आउदो वार्षिक साधारण सभामा पुरुस्कृत गर्न लागेको छ ।
पुरुस्कृत हुने अन्य सहकारीहरुमा प्रदेश नं १ बाट शुभलाभ साकोस सुनसरी, प्रदेश नं २ बाट उद्यमशिल साकोस बारा, प्रदेश नं ३ बाट सामुदायिक साकोस काभ्रे, प्रदेश नं ४ बाट व्यास साकोस तनहुँ, प्रदेश नं ५ बाट सामूहिक साकोस रुपन्देही, प्रदेश नं ६ बाट ग्रामीण जागरण साकोस सुर्खेत र प्रदेश नं ७ बाट संगम साकोस, कैलालीलाई रहेका छन ।
त्यस्तै महिला सहकारी तर्फ महिला अभियान साकोस भक्तपुर, उपत्यका बाट बालकुमारी साकोस, भक्तपुर रहेका छन् । यस वर्ष सस्थापक सम्मानबाट सिवि लामा, पूर्व संचालक सम्मानबाट राममान श्रेष्ठ र विद्धता पुरस्कारबाट सुर्य रत्न शाक्यलाई सम्मानित गरीने बैंकले बताएको छ ।
बैंकका सञ्चालक एवं पुरस्कार छनौट समितिका संयोजक सरिता भट्टराईले छनौट भएका संघ÷संस्था र व्यक्तिहरुलाई बैंकको १३ औं साधारणसभामा सम्मान तथा पुरस्कृत गरिने वताईएको छ । सो अवसरमा उत्कृष्ट सहकारी पत्रकार र कर्मचारीलाई पनि सम्मान गर्ने बैंकले घोषणा गरेको छ ।।